गृहपृष्ठ » मुख्य समाचार, शिक्षाफर्सीले घटाउँछ मोटोपना

फर्सीले घटाउँछ मोटोपना

November 15, 2015१९१ पटक

 

Fat-Man

मोटो मानिसलाई कस्तो फर्सीजस्तो ? भनेर होच्याउने चलन छ । अझ फर्सी आफैलाई गरीबको तरकारी भनेर हेँप्ने गरिन्छ । केही सस्तो चिजको कुरा गर्नुपर्यो भने फर्सीको भाउमा पाइन्छ भनेर हो्ँच्याइन्छ । तर यसरी खिसिट्युरीमा पर्ने फर्सी निकै लाभदायक र गुणकारी छ । मोटो मानिसलाई जिस्काउनका लागि विम्बको रुपमा प्रयोग हुने यहीँ फर्सी मानिसको मोटोपना घटाउनका लागि निकै फलदायी हुन्छ ।

फर्सीमा भिटामिन ए, फलाम, फाइबर लगायतका विभिन्न पौष्टिक तत्वहरु प्रसस्त मात्रामा पाइने भएकाले यसको नियमित सेवन स्वास्थ्यका लागि लाभदायक हुन्छ । अझ खुसीको कुरा त के भने फर्सीको नियमित सेवनले मोटोपनाबाट पीडित मानिसलाई आफ्नो तौल घटाउन समेत सहयोग गर्छ ।

फर्सीलाई वजन घटाउने खानेकुराको रुपमा उपयोग गर्नका लागि उच्च क्यालोरीयुक्त खानेकुरालाई फर्सीका परिकारले प्रतिस्थापन गर्नुपर्छ । उदाहरणका लागि यदि तपाइँले उच्च प्रोटिनयुक्त गेडागुडी तथा सलाद भोजन गर्ने गर्नुहुन्छ भने त्यसको साटो फर्सीको सुप खान थाल्नुहोस् । फर्सीमा कम क्यालोरी मात्र होइन उच्च मात्रामा फाइबर पनि पाइन्छ ।

फर्सीमा उच्च मात्रामा फाइबर पाइने भएकाले यसको सेवनपछि समग्र पाचन क्रिया धिमा हुन्छ र भोक कम लाग्न थाल्छ । फर्सीमा रोग प्रतिरोधी पोषणहरु जस्तै भिटामिन, पोटासियम तथा म्याग्नेसियम समेत पाइन्छ जसले जिउको प्रतिरोधी क्षमता बढाउँछ ।

फर्सीलाई तरकारीको रुपमा, सलादको रुपमा तथा उसिनेर खाजाको रुपमा समेत सेवन गर्न सकिन्छ । एजेन्सीको सहयोगमा 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण