गुल्मीमा पाँचसय वर्ष पुरानो शङ्ख चोरी
२९ कात्तिक, तम्घास (गुल्मी) ।
गुल्मीको मर्भुङ्ग गाविसको एक मन्दिरबाट पाँचसय वर्ष पुरानो शङ्ख चोरी भएको छ । मर्भुङ्ग गाविस–४ मैदानस्थित भगवती मन्दिरमा रहेको उक्त शङ्ख चोरी भएको मन्दिरका पुजारीले बताएका छन् ।
चोरी भएको जानकारी पाएपछि मर्भुङ्ग प्रहरी चौकीबाट एक प्रहरी टोली अनुसन्धानका लागि घटना स्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । रासस