माओबादी भन्दै ठग्ने यी ब्यक्ति परे फन्दामा ।।
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रिय कार्यालय, काठमाण्डौको पार्टी महासचिव भरत प्रसाद दाहाल भएको भन्दै माओवादी पार्टीको नक्कली लेटर प्याड प्रयोग गरी काठमाण्डौ उपत्यकाका दर्जनौ उद्योगी तथा ब्यवसायीहरुलाई धम्क्याएर नगद असुल गर्ने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाग्लुङ भेप्से गाबिस ८ घर भई हाल काठमाडौंको बानेश्वर बस्ने शम्भु प्रसाद जोशी रहेका छन् । महानगरिय अपराध महाशाखाबाट खटिएको टोलीले भोटेबहालबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि उनलाई महानगरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । गत वर्षपनि उनलाई कालिमाटी प्रहरीले पक्राउ गरि ५ हजार धरौटीमा छाडेको थियो ।