अाज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले सस्ताे
शुक्रबार ४९ हजार १ सय रहेको सुनको मूल्यमा आइतबार ४ सय रुपैयाँले गरावट आएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य आरोलो लागेपछि कात्तिक महिनामा सुनको भाउ लगातार घटिरहेको छ । कात्तिक महिनामामात्रै सुनको मूल्य २८ सय रुपैयाँले घटेको सुनचाँदी महासंघले जनाएको छ ।
आइतबार चाँदी प्रतितोला ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।