प्रधानमन्त्रीले सम्बोधनमा के भने ? बुँदामा पढ्नुहोस्
कार्तिक २९, २०७२- प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रका नाममा सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका छन् । उनले नाकाबन्दीका कारण मुलुकमा गम्भीर मानवीय संकट आइपरेको भन्दै सरकारले यो घटनाबाट पाठ सिक्ने बताए । करिब पौने घण्टा लामो सम्बोधनमा उनले केके भने बुँदागतरुपमा पढ्नुहोस् ।
- संविधानले कुनै समुदायलाई विभेद गरेको छ भन्नु सुनियोजित प्रचार ।
- आवश्यकता र औचित्यका आधारमा सीमांकन हेरफेर हुन्छ ।
- नाकाबन्दीजस्तो अमानवीय कार्य आजको २१ औं शताब्दीमा कल्पनासमेत गर्न सकिने कुरा होइन ।
- नाकाबन्दीका कारण भूकम्प भन्दा धेरै गुणा क्षति पुगेको छ ।
- नाकाबन्दीका कारण नेपालले गम्भीर मानवीय संकट व्यहोर्नुपरेको छ ।
- युद्धको बेलामा समेत हुन नहुंने संकट देखा परेको छ ।
- नाकाबन्दीले नेपाल–भारतका जनताको भावनाको अवमूल्यन भएको छ ।
- कुनै सुरक्षा चुनौति नभएको नाकाबाट समेत आपूर्ति नहुँदा मलाई विस्मित तुल्याएको छ ।
- उद्योग व्यवसायीको समस्याबारे हामी जानकार छौं ।
- जुन जनताको लागि भनी आन्दोलन गरिएको छ त्यही समुदायका जनता सबैभन्दा बढी मारमा परेका छन् ।
- नाकाबन्दीले सर्वाधिक पीडा भूकम्प पीडितलाई भएको छ ।
- नेपालीहरुले जटिल अवस्थामा पनि आन्तरिक समस्याहरु स्वयम समाधान गर्दै आएका छौं ।
- नाकाबन्दीका कारण नेपालको विकास यात्रामा ठूलो क्षति हुने देखिएको छ ।
- तराई मधेसका बिषयमा नेपालीका साझा बिषय हुन् । सम्बोधन गर्नु नेपाल सरकारको जिम्मेवारी हो ।
- चौतर्फी असरबारे गम्भीर हुन आन्दोलनरत पक्षलाई आग्रह ।
- तराईको विकासमा गम्भीर असर पार्ने आन्दोलनबारे पुर्नविचार गर्न आग्रह ।
- आन्दोलनले तराईका जनतालाई झनै पछाडि धकेलेको छ ।
- जनजीवनमा थप कष्ट नपुऱ्याउन, अतिवादले खेल्ने ठाउँ नपाओस भन्दै आन्दोलन स्थगित गरी वार्तामा आउन आह्वान ।
- विगतका कतिपय त्रुटि, मित्रराष्ट्रसँगको सम्बन्ध, एउटै नाकामा निर्भरता यो पटक प्रष्ट भएको छ ।
- इन्धन सहयोग गरेकोमा चीनलाई धन्यवाद । समायानुकूल व्यापार विस्तार गरिने ।
- व्यापार विविधिकरणको निर्णय कुनै देशप्रति लक्षित होइन् । विविधिकरण बनाउने प्रयास हो ।
- सरकारको जोड नविकरणीय ऊर्जामा आत्मनिर्भर बन्ने । एक बर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा ।
- सूर्य ऊर्जाबाट एक बर्षमा कम्तिमा २०० मेगावाट उत्पादन गरी राष्ट्रिय प्रशारणमा जोडिनेछ ।
- सरकारले मितव्ययिताको नीति अवलम्बन गर्ने । स्वदेशी उत्पादन प्रयोग गर्न जनतासँग आग्रह ।
- २ वर्षभित्र आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्ने कार्ययोजना ल्याइने ।
- पुर्ननिर्माणलाई प्राथमिकता दिइने ।
- नाकाबन्दीका कारण प्रभावित उद्योग, व्यवसाय र पर्यटन क्षेत्रलाई राहत दिन ठोस योजना ल्याइने ।
- मुलुक भूगोल र जनसंख्याका आधारमा साना र ठूला हुनसक्छन् तर सार्वभौमसत्ता र स्वाधिनता ठूलो वा सानो हुन्न ।
- विगत एक बर्षमा भएका सम्झौताबाट नेपाल भारतसँग कस्तो व्यापारीक साझेदारी चाहन्छ भन्ने देखिइसकेको छ ।
- इन्धन आपूर्ति सुचारु गर्न सहयोग पुर्याउन भारत सरकारसँग आग्रह ।कान्तिपुरबाट ।