गृहपृष्ठ » मुख्य समाचार, समचारचीनबाट भित्रिए ९७ ट्यांकर पेट्रोल, २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ प्रस्थान

चीनबाट भित्रिए ९७ ट्यांकर पेट्रोल, २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ प्रस्थान

November 16, 2015१४० पटक

नुवाकोट–भारतीय नाकाबन्दीले नेपाली जनजीवन सकसपूर्ण बनिरहेका बेला चीनबाट ९७ ट्याङ्कर अनुदानको पेट्रोल नेपाल भित्रिएको छ ।

Rss_Images_1446284633393_GN-Rasuwa-Tanker (2) (1)कार्तिक १६ गतेदेखि उत्तरी सिमावर्ती नाका रसुवागढी–केरुङ नाका हुँदै तीन साताको बीचमा ९७ ट्याङ्कर काठमाण्डौं आइसकेको छ । चीन सरकारले नेपालका लागि अनुदानस्वरुप उपलब्ध गराएको एक हजार मेट्रिकटन अर्थात् १३ लाख लिटर तेलमध्ये ९ लाख ६५ हजार लिटर पेट्रोल तिहार अघि नै नेपाल भित्रिएको हो । सोमवार पनि चीनबाट अनुदानको पेट्रोल लिन २६ वटा ट्यांकर रसुवागढीबाट केरुङ गएका छन् । चीनले दिएको १ हजार मेट्रिक टन अर्थात १३ लाख लिटर पेट्रोलमध्ये अब ३ लाख ३५ हजार लिटर पेट्रोल नेपाल ल्याउन बाँकी छ । चीन सरकारले उपलब्ध गराउने अनुदानको पेट्रोलियम पदार्थमध्ये हालसम्म ९२ हजार ५ सय ९७ किलोलिटर गरी ९७ वटा ट्याङ्करमा नेपाल भित्रिसकेको र बाँकी २०७४.०३ किलोलिटर पेट्रोलियम पदार्थ लिन नेपाल आयल निगमका ती ट्याङ्कर केरुङतर्फ गएका हुन् । ‘आजै साँझबाट नेपाल भित्रने क्रम सुरु हुन्छ, ‘रुसवागढी भन्सार प्रमुख केदार पनेरुले जानकारी दिँदै भने, ‘तिहार अघि एकैपटक २ लाख ७० हजार लिटर पेट्रोल ल्याइएको थियो । ५६ वटा ट्यांकरले तेल ल्याएपछि चीनले अनुदानमा दिएको सबै तेल काठमाडौं आइपुग्ने छ । चीनले अनुदानमा दिएको पेट्रोल पनि भारतबाट आएको पेट्रोलमै मिसाएर बिक्री भइरहेको छ । आयल निगमले चीनसँग ब्यापारिक रुपमा तेल खरिद गर्ने प्रक्रिया अघि बढाएपनि चिनियाँ पक्षले जावाफ दिन ढिलाइ गरेको छ । बाटोको खराबीका कारण १२ हजार लिटर क्षमता भएका नेपाली ट्याङकरले ८ देखि १० हजार लिटरका दरले तेल ढुवानी गरेका छन् । पहिलो खेपमा तेल लिनका १२ वटा ट्याङकर रसुवागढी नाका हुदै केरुङ पुगेका थिए । भारी हिमपातले चीनमा तीन दिनसम्म रोकिएको तेल नेपाल छिर्नासाथ भन्सारले रोकेको थियो । निगमले रसुवागढीमा रहेको भन्सार कार्यालयलाई त्यसबेला अनुदानमा नेपाल आउने पेट्रोलको राजस्व शुल्क ३ करोड ६४ लाख रुपैया पहिले नै अग्रिम तिरिसकेको छ । काठमाडौंमा तेल आपूर्ति गर्ने ट्याकंरले लगभग १ सय ८७ किलोमिटरको दुरी पार गर्दै नेपालको सिमानाका रसुवागढीबाट २६ किलोमिटरको दूरीमा पर्ने चीनको केरुङबाट तेल ल्याएका हुन् । चीनले भने तिब्बतको दोस्रो ठूलो शहर सिगात्सेबाट चिनियाँ ट्यांकरमार्फत तेल ल्याएर केरुङबाटै नेपाली ट्यांकरमा तेल उपलोड गरिदिएर नेपाल पठाएको हो । केरुङबाट सिगात्से सहरसम्म पुग्न झण्डै ५ सय ४८ किलोमिटर दुरी पार गर्नुपर्छ । काठमाडौं बाट पासाङ ल्हामु राजमार्ग हुँदै रसुवागढी पुग्न झण्डै १ सय ६० किलोमिटर भन्दा बढी दुरी तय गर्नुपर्छ भने सिमानाकाबाट २६ किलोमिटर दुरीको चीनको केरुङ पुग्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण