गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यगुल्मीका २४ सय घरधुरी अन्धकारमा बस्न बाध्य

गुल्मीका २४ सय घरधुरी अन्धकारमा बस्न बाध्य

November 21, 2015२०१ पटक

अनिल खत्री गुल्मी मंसिर ५ । गुल्मीको वामी गाविस वडा नं १ बाट सञ्चालित अवरुद्ध परोपकार सहकारी लघुजल विद्युत परियोजनाको नहर चर्के
पछि शुक्रवार साँझ देखि विद्युत अवरुद्ध भएको छ ।विद्युत अवरुद्ध भएपछि गुल्मीका वामी,मुसिकोट पौदीअमराई गरि ३ गाविस तथा छिमेकी जिल्ला बाग्लुङको दगातुम्डाडा र रिघा गरि २ गाविस सहितक २ जिल्लाका ५ गाविसका भण्डै २४ सय घरधुरीका उपभोक्क्ताहरुलाई अध्यारोमा बस्न बाध्य भएका छन् ।electricity-bidyut

विद्युत अवरुद्ध हुदा उद्योगधन्दा कलकारखाना सञ्चारमाध्यम लगायतका विद्युतीय यन्त्रबाट चल्ने सम्पूर्ण मेसिनहरु समेत ठप्प भएका छन् ।

अवरुद्ध विद्युत नहरको मर्मत संम्भार गर्न करिव २ दिन लाग्ने विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

उक्त परियोजनाको १सय ३५ किलोवाट क्षमताको रहेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण