गृहपृष्ठ » अार्थिक, मुख्य समाचार, राजनीति, समचारमधेसी मोर्चाद्वारा पाँच सय लिटर पेट्रोल नष्ट

मधेसी मोर्चाद्वारा पाँच सय लिटर पेट्रोल नष्ट

November 22, 2015३४० पटक

६ मंसिर, लहान । प्रादेशिक सीमाङ्कनको विरोध र संविधान संशोधनको मागसहित पछिल्लो तीन महिनाभन्दा लामो समयदेखि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सम्बद्ध कार्यकर्ताले भारतबाट तस्करी गरेर ल्याएको भनी आज बिहान पाँच सय लिटर पेट्रोल नष्ट गरेका छन् ।  भारतबाट ल्याइँदै गरेको सो परिमाणको पेट्रोल मोर्चाका कार्यकर्ताले सिरहाको पश्चिमवर्ती चतरी बनिनियामा पोखाएर नष्ट गरेको मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक) सिरहाका अध्यक्ष हिरा यादवले बताए ।  बन्दका समयमा सीमावर्ती भारतीय बजारबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएको पेट्रोल, डिजेललगायत सामान पनि मोर्चाका कार्यकर्ताले खोस्ने, नष्ट गरिदिने गरेको सर्वसाधारणको गुनासो छ ।  सिरहाका ठाडी, बरियारपट्टी, माडरलगायत सीमा नाकामा मोर्चाका स्थानीय तहका नेता कार्यकर्ता धर्नामा बसेका छन् । नेपालको स्थानीय बजार बन्द र यातायातका साधन नचल्दा सर्वसाधारण जोखिम मोलेर भए पनि अत्यावश्यक सामान किन्न सीमावर्ती भारतीय बजार पुग्न बाध्य भएका छन् । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण