मोर्चाका कार्यकर्ताले एउटा सरकारी मोटरसाइकल जलाए
कपिलवस्तु, मंसिर ७ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले एउटा सरकारी मोटरसाइकलमा आगजनी गरेका छन् ।
मोर्चाका कार्यकर्ताले सोमबार जिल्ला प्रशासन कार्यालय तौलिहवा अगाडी एउटा सरकारी मोटरसाइकलमा आगजनी गरेका हुन् । जिल्ला स्वास्थ्य कार्यालयको बा १ ब ८६६७ नम्बरको मोटरसाइकललाई बन्दको अवज्ञा गरेको भन्दै मोर्चा कार्यकर्ताले आगजनी गरेको मोर्चाका जिल्ला अध्यक्ष सतीश कुमार गुप्ताले बताउनुभयो ।