गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यहुमागाई ९ महिनापछि नेपाल टेलिभिजनमा फर्किए

हुमागाई ९ महिनापछि नेपाल टेलिभिजनमा फर्किए

November 23, 2015२६५ पटक

 

Laxman-Humagain

७ मंसिर, काठमाडौं । नेपाल टेलिभिजनका महाप्रवन्धक लक्ष्मण हुमागाई ९ महिनापछि पुनः आफ्नै जिम्मेवारीमा फर्किएका छन् । तत्कालिन सन्चारमन्त्री डा.मिनेन्द्र रिजालले हुमागाईलाई मन्त्रालयमा हाजिर गराएका थिए ।

हुमागाईमाथि नक्कली बैंक ग्यारेन्टी राखेको कम्पनीलाई टेलिभिजनको कार्यक्रम दिएको आरोप लगाइएको थियो । खुला प्रतिस्पर्धाबाट नेपाल टेलिभिजनको महाप्रबन्धक भएका हुमागाईमाथिको अभियोग पुष्टि नभएको र अख्तियारले समेत उनलाई टेलिभिजनमा हाजिर गराउनु भनेकाले साबिककै पदमा पठाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

टेलिभिजनको सबै विवरण अध्ययन गरेपछि खुला प्रतिस्पर्धाबाट आएका र अख्तियार, प्रहरी तथा सरकारी वकिलका कार्यालयबाट समेत निर्दोष प्रमाणित भएका कारण हुमागाईलाई हाजिर गराइएको मन्त्रालयले जनाएको छ । नक्कली बैंक ग्यारेन्टी प्रकरणमा हुमागाईले नै वर्ल्ड भिजन मिडिया बाइङ हाउसका दिनेश श्रेष्ठलाई पक्राउ गरेर थुनामा राखेका थिए ।

हुमागाई सोमवारै टेलिभिजनमा हाजिर भएका छन् । उनलाई नेपाल टेलिभिजिनका कर्मचारी तथा पत्रकारहरुले स्वागत गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण