गृहपृष्ठ » अन्तर्राष्ट्रिय, मुख्य समाचार, समचारमेन्स रुम रिलोडेडको विशेष भेला जापानमा

मेन्स रुम रिलोडेडको विशेष भेला जापानमा

November 23, 2015२७१ पटक
२०७२ मंसिर ७ गते –टोकियो : सामाजिक सञ्जाल फेसबुकमार्फत समाजसेवा गर्ने ऊद्धेश्यले स्थापित सामाजिक संस्था मेन्स रुम रिलोडेड जापानको विशेष भेला सम्पन्न भएको छ।
अरुण पुरीको संयोजकत्वमा सम्पन्न कार्यक्रमले उनैको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ।
देशको वर्तमान समस्या समाधान र भविष्यमा देशको आर्थिक, सामाजिक र सांस्कृतिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउन युवाहरुको महत्वपुर्ण भूमिका रहने उनीहरुको भनाइछ ।
यसलाई प्रभावकारी ढङ्गबाट अगाडि बढाउन अग्रगामी भूमिकाका साथ सोच र कार्ययोजना ल्याइएको उपस्थित युवाहरुको भनाइ थियो ।
एमआरआर जापानको कार्यसमितिमा अध्यक्ष अरुण पुरी, उपाध्यक्ष प्रमोद दाहाल, महासचिव सन्तोष सिलवाल खत्री, सचिव समीर खनाल, कोषाध्यक्ष नरेश रसाईली, सह-कोषाध्क्ष अरुण कडेंल चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा सञ्जय, शिबराज, सुजन, दिपेश, मिलन, सिजन र दीपकसहित चयन भएका छन् ।
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण