एक घण्टाको फरकमा गोरखा र नुवाकोटमा पराकम्प
काठमाडौं, मंसिर ८ – मंगलबार दुईवटा पराकम्प गएको छ । बेलुकी ६ बजेर ९ मिनेटमा गोरखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको पराकम्प गएको हो । पराकम्प जाँदा गोरखा र आसपासका क्षेत्रका बासिन्दा केहीबेर घर बाहिर निस्केका थिए ।
यसअघि मंगलबार बेलुकी ५ बजे नुवाकोट केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको पराकम्प गएको थियो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गतेको गोरखा भूकम्पपछि अहिलेसम्म चार रेक्टरभन्दा माथिका ४११ भन्दा धेरै पराकम्पन गैसकेका छन् । ठूलो भूकम्पपछि पराकम्पन गैरहनु सामान्य भएको केन्द्रको भनाई छ ।