गृहपृष्ठ » मुख्य समाचार, विशेष, शिक्षा, समचार, समाचारहरु, स्वास्थ्यनाक काटेर छिमेकीको हत्या

नाक काटेर छिमेकीको हत्या

November 24, 2015४६९ पटक
गौशाला२०७२ मङ्शिर ८ :  महोत्तरीको परिकौली फुल्हट्टा गाविस–७ का बद्री महतोले लठ्ठी प्रहार गरी आफ्ना एक छिमेकीको हत्या गरेका छन् ।
उनले परिकौली फुल्हट्टा गाविस–७ का इब्राहिम मन्सुरीलाई लठ्ठी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक जनक भट्टराईले बताए ।
आइतबार छिमेकी ईब्राहिमका नातिनीले बद्रीको आलु खेतमा दिसा गरेको सम्बन्धमा दुवैजनाबीच विवाद हुँदा बद्रीले लठ्ठी प्रहार गरी इब्राहिमको नाक काटिदिएका थिए ।
नाक काटिएपछि गम्भीर घाइते भएका इब्राहिमलाई परिवारले सोही दिन उपचारका लागि भारतको दरभङ्गा लगेकोमा उपचारको क्रममा आज मत्यु भएको प्रहरीले जनाएको  अन्नपूर्ण पोस्टमा समाचार छ ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण