नाकाबन्दीको प्रभाव नपर्ने गरी परीक्षा सञ्चालन गर्न नेविसंघको माग
काठमाडौं, मंसिर ८ – नेपाल विद्यार्थी संघले तराई मधेस आन्दोलन र नाकाबन्दीले प्रभाव नपर्ने गरी व्यवस्थित रुपमा स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेविसंघले मंगलबार त्रिविका उपकुलपति तीर्थ खनियाँलाई भेटेर स्ववियु चुनाव छिटो घोषणा गर्न, विभिन्न शैक्षिक कार्यक्रममा छात्रवृत्तिको व्यवस्था गर्न, सेमेस्टर प्रणालीलाई भौतिक पूर्वाधारसहित व्यवस्थित रुपमा अगाडी बढाउन, भूकम्पबाट क्षतिग्रस्त भवन तत्काल पुननिर्माण गरेर भूकम्प पीडित विद्यार्थीलाई परीक्षालगायत पठनपाठनको विशेष व्यवस्था गर्न ज्ञापनपत्र बुझाएको हो ।