गृहपृष्ठ » मुख्य समाचार, राजनीति, विशेष, समचार, स्वास्थ्यमाओवादी नेताहरु बाख्रापालनतिर

माओवादी नेताहरु बाख्रापालनतिर

November 26, 2015४१४ पटक

कृष्ण कँडेल, बागलुङ, १० मंसिर -‘जुनसुकै परिवर्तन आफैबाट सुरु गर्नुपर्छ’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै अर्गल गाविसमा कृषि समुहमार्फत वहुकृषि व्यवसाय सुरु गरिएको छ । माओवादी जनमुक्ति सेनाका पुर्वलडाकु तथा नेकपा क्रान्तिकारी माओवादीका नेता अमृत घर्तीसहित ९ जनाले सामुहिक लगानीमा बाख्रापालन, तरकारी खेती र माछापालन व्यवासय सुरु गरेका हुन् । पुवाधुने खोला कृषि तथा पशुपालन समुहमा आवद्ध भई गत बैशाखदेखि बाख्रापालन सुरु गरी अहिले २ ओटा खोरमा ६५ ओटा बाख्रा पु¥याएको समुहका सदस्य भद्र घर्ती सोनामले जानकारी दिए । अर्गल–४ मा ४ रोपनी जग्गा भाडामा लिएर अहिले १० लाखको लगानीमा बाख्रा पालन, तरकारी तथा आलु खेती गरेको र माछा पालनको लागि सम्भाब्यता अध्ययन गरि परिक्षण समेत सुरु गरिएको घर्तीको भनाई छ । बाख्रा खरिदमा २ लाख ४३ हजार खर्च भएको र बाँकी रकम जमीन भाडामा लिन, खोर निर्माण, बाख्राका लागि दाना खरिद लगायतका काममा खर्च भएको समुहका अध्यक्ष भिम घर्तीले बताए । अध्यक्ष घर्तीले बाख्रा थप गरि एक सय ओटा पु¥याउने लक्ष्य रहेको जानकारी दिए । उनीहरुले जमुनपारीसँग स्थानिय जातको विज क्रस गरि बनाईएको जातका बाख्रा पालेका हुन । दुईओटा खोरलाई स–साना भागमा छुट्याएर माउ बाख्रा, पाठापाठी र बोकालाई छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाईएको छ । समुहले भाडामा लिएको जग्गामा अहिले बन्दा, काउली, मुला, साग जस्ता तरकारी खेती गरेको छ । आउने सिजनमा आलुखेती गर्ने तयारी भएको छ । बाख्रालाई खर्सु, बाँझ, कटुस, अम्रिसो, जौघाँस र दाना समेत स्थानिय रुपमा उत्पादन हुने जौ, मकै खुवाउने गरिएको सदस्य टोपबहादर रोकाले बताए । समुहका नौ जना सदस्यले नै बाख्रालाई घाँस काट्ने, तरकारी बाली लगाउने काम गरेका छन्भने नियमित सवै कुरा हेर्न एक जनालाई तलब दिएर राखेका छन् । माछापालनको लागि परिक्षण भईसकेको उनीहरुको भनाई छ । पोखरी बनाएर रेन्बो ट्राउट जातको माछाका ५ सय भुरा लिएर पोखरीमा हालेर गरिएको परिक्षण सफल भएको कारण अब माछापालन समेत सुरु गरिने समुहका सदस्य लालबहादुर रोकाले बताए । ‘व्यवासय विस्तार गर्ने योजना छ तर अहिले तत्कालको लागि हामीलाई लगानी गर्ने रकम अभाव भएको छ ।’ समुहका अर्का सदस्य कृष्णबहादुर रोकाले भने–‘लगानीका लागि स्रोत जुटाउन लागेका छौँ ।’ रोकाले यसबर्ष युवा स्वरोजगार कार्यक्रमबाट अनुदानका लागि निवेदन दिएको वताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण