गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचारनेपाल शिक्षक संघ इलाका नं. ११ अर्घाखाँचीको वनभोज कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ इलाका नं. ११ अर्घाखाँचीको वनभोज कार्यक्रम सम्पन्न

November 28, 2015४०५ पटक

घनश्याम पौडेल १२ मङसिर, अर्घाखाँची –नेपाल शिक्षक संघ इलाका नं. ११ अर्घाखाँचीको वनभोज कार्यक्रम मसिनाको लेक नजिकै चरैपानी चौर खाँचीकोटमा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली काग्रेसका जिल्ला सभापती कमल प्रसाद भुसालको प्रमुख अतिथ्यता, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव प्रसाद घिमिरेको विशिष्ट अतिथ्यता, नेपाल शिक्षक संघका जिल्ला कोषाध्यक्ष तिर्थराज आचार्य, शिक्षक युनियन केन्द्रीय प्रतिनिधी जिवलाल प्रोख्रेल, जिल्ला शिक्षा कार्यालयका सव इन्जिनियर चित्रन्जन चौधरी, नेपाली काग्रेसका जिल्ला प्रतिनिधी माधव प्रसाद पौडेल, शिक्षक शेषकान्त गैरे लगायतको अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल जिल्ला संघ इलाका नं. ११ का संयोजक पुर्ण वहादुर भट्टराईको सभापतीतव्व, नेपाल शिक्षक संघ क्षेत्र नं. २ का सचिव कृष्ण खनाल (सपना सुन्दर) को स्वागत मन्तव्य र निर्मल भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा वोल्ने वक्ताहरुले शिक्षाको गुणस्तर शिक्षकका पेशागत हकहितका कुराहरु र संगठनको सुुदृढिकरणमा जोड दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण