गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारचेम्बरको चुनावी प्रचार प्रसार शुरु

चेम्बरको चुनावी प्रचार प्रसार शुरु

December 3, 2015२९९ पटक

 

बागलुङ, १७ मंसिर-उद्योग बाणीज्य संघ बागलुङको १६ औ अधिबेशनको मिति नजिकिदै जाँदा उम्मेदवारहरुले चुनावी प्रचार शुरु गरेका छन् । अहिले नेतृत्वका लागी दावी सहित उम्मेदवारी दिने तयारीमा रहेका निवर्तमान अध्यक्ष धुव्रराज गौतम र वर्तमान महासचिव जयराम भारीले उम्मेदवारी चुनावी प्रचार–प्रसार शुरु गरेका छन् । उनीहरुले आ–आफनो प्यानललाई विजयी बनाउन आग्रह गरेका छन् । अध्यक्षका उम्मेदवार भारी चुनावी प्रचारका क्रममा बुर्तिबाङ बजार पुगेका छन्भने अर्का उम्मेदवार गौतम जिल्लाको दक्षिण कुश्मिशेरा बजारमा पुगेका छन् । उनीहरुले स्थानीय उद्योगी व्यापारीसँग भोट दिन आग्रह गरेका छन् । बुर्तिबाङमा उद्योग बाणिज्य संघको सदस्यता नबीकरण गरेका ३९ जना साधारण सदस्य छन् । अधिवेशनको आगामी मंसिर २१ गते उपप्रधान, सहकारी तथा गरीबी निवारण मन्त्री चित्रबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम छ । अधिवेशनको उद्घाटन २१ गते भएपनि निर्वाचन भने मंसिर २६ गते हुने बागलुङ उद्योग वाणिज्य सघंका अध्यक्ष बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण