गृहपृष्ठ » अन्तर्राष्ट्रिय, देवदह विशेष, मनोरञ्जन, मुख्य समाचार, विशेषयसरी बनाइन्छ खतरनाक लडाकु भाले (फोटो फिचरसहित)

यसरी बनाइन्छ खतरनाक लडाकु भाले (फोटो फिचरसहित)

December 3, 2015९१४ पटक

Cock
२०७२ मंसिर १७- पश्चिमी मेक्सिकोको ग्वाडालाजाराका जुआन कार्लोस पडिल्ला कुखुराका लडाकु भाले उत्पादक हुन् । आफुले हुर्काएका भालेमध्ये ७० प्रतिशतले लडाइँमा आफ्नो प्रतिद्वन्दीलाई मारेरै छाड्ने दाबी उनको छ ।

आखिर कसरी उत्पादन गर्छन् त उनले यस्ता खतरनाक लडाकु भाले ? निकै अनौठो छ यसको राज । वास्तवमा उनले घोडालाई दिने स्टेरोइड हर्मोनको सुइ दिने गर्छन् भालेलाई । जसका कारण कुखुराका भाले निकै रिसाहा तथा आक्रामक हुन्छन् र आफ्नो प्रतिद्वन्दीलाई हमला गरेर मारेरै छाड्छन् ।

भाले पाल्ने मात्र होइन उनले भाले लडाइँमा कुखुराका भालेका नंग्रामा बाँध्ने धारिला रेजरको उत्पादन गर्ने कारखाना पनि खोलेका छन् ।

उनले कुखुराका भालेलाई शक्तिबर्धक हर्मोनको सुइ दिएपनि भाले फाइटमा डोपिंग टेष्ट नहुने भएकाले उनका भालेहरु प्रतिबन्धमा परेका छैनन् । सबै भाले धनीले यस्तै गर्ने दाबी उनको छ ।

Cock1

हरेक वर्ष उनले २ सय जति लडाकु भाले उत्पादन गर्छन् । एउटा भालेको मूल्य १ सय पाउण्ड पर्दछ । पालेका भाले नबिक्ने समस्या आफुले अहिलेसम्म नभोगेको उनी बताउँछन् ।

७६ वर्षका जुआनले भालेलाई निकै खतरनाक तालिम दिन्छन्, जुन १८ महिनासम्म चल्दछ । पूर्ण लडाकु बनाउनका लागि आँखाका डल्ला निचोर्दिने, भालेलाई घरका छतबाट फ्याँक्ने लगायतका क्रुर विधि पनि अपनाइन्छ ।

स्मरण रहोस् पश्चिमी मेक्सिकोमो भाले जुधाइ निकै चर्चित छ । जालिस्को, मिचोआकान तथा गोइरेरो लगायतका राज्यका विभिनन सहरमा नियमित रुपमा भाले जुधाइ खेल हुने गर्छन् ।

हेरौँ लडाकु भालेका केही दृश्यहरु

Cock2

Cock3

Cock4

Cock5

Cock6

Cock7

 

Cock8

Cock9

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण