गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचार, समचारभीमापोखरामा बृहत कृषि प्रदर्शनी मेला

भीमापोखरामा बृहत कृषि प्रदर्शनी मेला

December 7, 2015५६७ पटक

बागलुङ, २१ मंसिर – ग्रामिण भेगका कृषकलाई कृषि उत्पादनमा लाग्न जागरण गराउने उदेश्यले जिल्लाको भीमापोखरा गाविसमा शनिवारदेखि सुरु गरिएको दुई दिने बृहत कृषि प्रदर्शनी मेला स्थानीय ३१ जना कृषकलाई पुरस्कृत गर्दै आईतवार सम्पन्न भएको छ । ‘कृषि पेशा देशको शान–उत्कृष्ट किसानको सम्मान हाम्रो अभियान’ भन्ने नाराका साथ जिल्ला कृषि विकास कार्यालय बागलुङ, भीमापोखरा गाविस कार्यालय र सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारी संस्था लि.को संयुक्त आयोजनामा भएको मेलामा स्थानीय भीमापोखरा गाविस र छिमेकी धम्जा तथा पाला गाविसका कृषकहरुले उत्पादन गरेको फलफूल, तरकारी, खाद्यान्न, नगदेवाली तथा पशुपंक्षी लगायतका स्थानीय उत्पादन प्रदर्शन गरिएको थियो । प्रदर्शनीमा तरकारी विधातर्फ भीमापोखरा–८ का नरबहादुर थापा, फलफूल विद्यातर्फ भीमापोखरा–१ का नन्दलाल पौडेल, नगदेवालीतर्फ सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारी संस्था, खाद्यन्नबालीमा भीमापोखरा–८ का भुमा थापा, च्याउमा भीमापोखरा–७ का चन्द्रकला थापा, कोसेबालीमा टिकाकुमारी थापा, पशुपंक्षी विधामा पाला–७ का श्रीकृष्ण कार्की र विविध विद्यामा यामबहादुर केसी उत्कृष्ट कृषक घोषणा भएका छन । उनीहरुलाई आयोजकले प्रथम पुरस्कार नगद रु. १ हजार सहित प्रमाण पत्र प्रदान ग¥यो । मेलामा प्रत्येक विद्यामा द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने अन्य कृषकहरुलाई क्रमशः ७ सय, ५ सय र तीन सय रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो । कृषि प्रदर्शनी मेलामा भीमापोखरा, पाला र धम्जा गाविसका कृषकले उत्पादन गरेका १६५ उपज राखिएको थियो । समापन तथा पुरस्कार वितरण कार्यक्रममा जिल्ला कृषि विकास कार्यालयका प्रचार प्रसार अधिकृत विप्लब अधिकारीले कृषि पेशालाई व्यवसायिक बनाउनु पर्नेमा जोड दिए । नेपाल कृषि प्रदान देश भएर पनि कृषी उत्पादनमा अन्य मुलुकको भर पर्नूपर्ने अवस्था रहेकाले कृषिलाई आधुनिकीकरण गरी उत्पादनमा लाग्नुपर्ने बताउदै अधिकृत अधिकारीले राम्रो उत्पादन लिनका लागि सन्तुलित खाद्यतत्वको ब्यवस्था गर्नुपर्ने बताए । उनले प्रदर्शनीमा राखिएको उपजको उत्पादन र गुणस्तरका आधारमा पुरस्कृत गरिएको बताए । सो अवसरमा मन्तब्य राख्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य हरिनारायण गौतमले देश कृषिमा आत्मनिर्भर नभएसम्म अन्य विकास गतिविधि अगाडी बढन नसक्ने बताउदै कृषि क्षेत्रको विकास र कृषकले उत्पादन गरेका उपजको रक्षाको लागि राज्यले अभियान संचालन गर्नुपर्ने बताए । पराम्परागत खेती प्रणालीलाई त्यागेर आधुनिक रुपले उत्पादनमा लाग्नु्पर्ने वताउदै केन्द्रिय सदस्य गौतमले गाविसको कुल पुँजीगत वजेटमा १५ प्रतिशत कृषि क्षेत्रमा बिनियोजन गर्न राजनैतिक दललाई आग्रह गरे । कार्यक्रममा भीमापोखरा गाविस सचिव विष्णुप्रसाद ढकालले स्थानीय किसानलाई प्रोत्साहन गर्न गाविसले कार्यक्रम सञ्चालन गर्ने बताए । सो अवसरमा जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकार्य मार्फत नै कृषि पेशालाई ब्यवस्थित गर्न सकिने वताए । कार्यक्रममा जिल्ला संचार सहकारी संघका कोषाध्यक्ष खिम कार्की, जनकल्याण उच्च माविका प्राचार्य लिलाराम सापकोटा, उपस्वास्थ्यचौकी इन्चार्ज विष्णुनाथ सापकोटा, दोविल्ला प्रहरी चौकीका प्रमुख बाबुराम भण्डारी, सामुदायिक अध्ययन केन्द्रका अध्यक्ष सशिधर शर्मा, महिला प्रतिनिधि उमादेवी केसी, विहुँ सेवा केन्द्रका प्रमुख भीमा राई, नेकपा एमाले गाउ पार्टी कमिटिका अध्यक्ष चन्द्रमणी उपाध्याय, नेपाली काँग्रेसका पार्टी प्रतिनिधी प्रेम मल्ल, राप्रपा नेपालका मान वहादुर कार्की, पाला गाविसका कृषक बुद्ध वहादुर कार्की लगायतले कृषी प्रदर्शनी मेलाले जागारण ल्याउन सफल भएको वताउदै उत्पादनको बजारीकरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रम सिम्रिक कृषि तथा पशु व्यवसायी सहकारीका संस्थाका अध्यक्ष मणीभद्र शर्माको सभापतित्व, उपाध्यक्ष धनबहादुर कार्कीको स्वागत र सूर्यबहादुर थापाको संचालनमा सम्पन्न भएको थियो । समापनमा मन्तब्य राख्दै अध्यक्ष शर्माले गाऊका किसानले उत्पादन गरेका उपजहरुलाई संकलन केन्द्रमार्फत ब्यस्थित र बजारीकरण गरिने बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण