गृहपृष्ठ » मुख्य समाचार, समचार, स्वास्थ्यबारामा हुस्सुसँगै बढेको चिसोले पढाइमा समस्या, शिक्षक भन्छन्- अब दिउँसो कक्षा चलाउँछौं

बारामा हुस्सुसँगै बढेको चिसोले पढाइमा समस्या, शिक्षक भन्छन्- अब दिउँसो कक्षा चलाउँछौं

December 11, 2015२५३ पटक

२५ मंसिर, कलैया – दुई सातायता अत्याधिक चिसो बढेपछि कलैया, सिम्रौनगढ, बीरगंज लगायतका जिल्लामा पठन पाठन प्रभावित भएको छ । हुस्सुसँगै चिसो बढेपछि स्कुले बालबालिकाहरु सबैभन्दा बढी प्रभावित भएका छन् । चिसोले सर्बसाधारणको दैनिकी पनि कष्टकर भएको छ । बृद्धबृद्धा, श्वासप्रश्वास सम्वन्धि रोगी र बालबालिका समस्यामा परेका छन् ।

चिसो बढनु अघिसम्म आन्दोलनका कारण तराई मधेसका जिल्लाहरुमा शिक्षण संस्था समेत बन्द थिए । लामो समयसम्म शिक्षण संस्था बन्द भएपछि जनदबावमा शिक्षण संस्था आन्दोलनरत पक्षले बिहानको समयमा खोल्ने निर्णय गरेका थिए ।

हाल बिहानको समयमा अहिले विद्यालयहरु सञ्चालन भइरहेको छ । तर बिहानको समयमा झन् बढी चिसो भएकाले बालबालिकाहरुलाई बढी समस्या भएको छ । बिहानै उठेर बिद्यालय पुग्नुपर्ने र चिसोमै पढ्नुपर्ने भएकाले बालबालिकाहरु बढी प्रभावित भएका छन् । चिसोले गरिब बर्गका बालबालिका झन् बढी सास्ती खेप्न बाध्य भएका छन् ।

केही समय अघिदेखि बिद्यालय खोल्ने निर्णयअनुसार बिद्यालय सञ्चालन गरिए पनि बढेको चिसोले पठनपाठनमा समस्या भएको कलैयाका एक शिक्षक रामस्वरुप यादवले बताए । चिसोका कारण बिहानी समयमा पठनपाठनमा समस्या भएपछि अब दिउँसो नै कक्षा सञ्चालन गर्ने शिक्षकहरुले बताएका छन् ।

बिगतका बर्षमा चिसो बढेपछि स्थानीय प्रशासन र कलैया नगरपालिकाले बिभिन्न चोकका साथै मान्छे बढी जम्मा हुने ठाउँमा दाउराको व्यवस्था मिलाउने गरेपनि अहिले त्यस्तो व्यवस्था केही नगरिएकाले जनगुनासो बढेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण