महिलामाथि अश्लील व्यवहार गर्ने डाक्टर पक्राउ
_782809529_956300615.jpg)
भीमदत्तनगर:अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन्।
आज बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत रहेका डा राजले दाँतको जाँचका क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ।
अभियुक्तलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको छ। आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अभियुक्तको भनाइ छ। रासस