गृहपृष्ठ » मुख्य समाचार, समचारजंगली हात्तीले स्कूल भत्कायो !!

जंगली हात्तीले स्कूल भत्कायो !!

December 13, 2015२७९ पटक

२०७२ मङ्शिर २७  सप्तरी- कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएको एक हात्तीले सप्तरीको जोगिनियाँ गाविसमा रहेको एउटा बोर्डिङ स्कुलमा शनिबार तोडफोड गरेको छ ।
एकाक्सि कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले जोगिनियाँ गाविस– ९ (हाल हनुमाननगर जोगनिमाई नगरपालिका– १) सकरदहीमा रहेको शेखर बोर्डिङ स्कुलमा तोडफोड गरेको स्थानीयवासी लाल माझीले बताए।
स्कुलको भित्तामा हात्तीले आक्रमण गर्दा स्कुलमा क्षति पुगेको बताइएको छ । साथै गाउँमा एक्कासि हात्ती पसेको देखेपछि स्थानीयवासी त्रसित भएका थिए । गाउँ पसेको हात्तीलाई स्थानीयवासीले लखेटेका थिए । रासस
प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण