शिक्षक पदका लागि लिइने परीक्षा अब दुई सय पूणांकको हुने
२७ मंसिर, भक्तपुर – शिक्षक पदमा स्थायी प्रतिस्पर्धाका लागि लिइने लिखित परीक्षा दुई सय पूणांकको गरिने भएको छ । हाल एक सय पूणांकको लिखित परीक्षा सञ्चालन हुँदै आएको छ ।
मन्त्रिपरिषदले सरकारले दुई वर्षे कार्ययोजनालाई स्वीकृत प्रदान गरेको छ । उक्त कार्ययोजनामा शिक्षक सेवा आयोग नियमावली संशोधन गर्ने उल्लेख गरिएको गोरखापत्रमा खबर छ ।
नियमावली संशोधन गर्ने यस सरकारी प्रतिबद्धताले शिक्षक पदको स्थायी प्रतिस्पर्धाका लागि सञ्चालन गरिने लिखित परीक्षालाई दुई सय पूणर्ांकको बनाउन बाटो खुलेको हो ।