गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारदशगजा मिचेर भारतले बाँध बनायो, वर्षामा गुलरिया डुब्ने खतरा

दशगजा मिचेर भारतले बाँध बनायो, वर्षामा गुलरिया डुब्ने खतरा

December 14, 2015३२० पटक

बर्दिया, मंसिर २८ – बर्दियाको सीमासँग जोडिएको भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष सुरक्षाका लागि भन्दै भारतले नाला बनाएपछि वर्षामा नेपालतर्फ डुबान हुने भएको छ ।
वन्यजन्तुले बाली नालीमा गर्ने नोक्सानी तथा दाउरा, घाँस काट्ने कार्य नियन्त्रण गर्न भन्दै दशगजा क्षेत्रमा भारतीय आरक्षले जेसीवीमार्फत नाला बनाएको हो । सो नालाका कारण वर्षामा बग्ने पानीले निकास नपाएपछि डुवानको समस्या हुने भएको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका अधिकारी सहितको टोलीले निर्माणाधिन नालाको अनुगमन गरेको छ । नेपाली अधिकारीको समन्वय विना भारतले आरक्ष सुरक्षार्थ बनाएको संरचनाले गुलरिया नगरक्षेत्र वर्षाको समयमा थप डुबानमा पर्ने जोखिम बढेको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले जानकारी दिए ।
अन्तर्राष्ट्रिय नियम मिचेर बनाइएको संरचनाका सम्बन्धमा मन्त्रालयमा समेत जानकारी गराएको प्रजिअ कुँवरले बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण