गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारप्रमुख अतिथिको विवादले रोकिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम ओझेलमा

प्रमुख अतिथिको विवादले रोकिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम ओझेलमा

December 14, 2015३७५ पटक

खोटाङ, मंसिर २८ – प्रमुख अतिथि विवादका कारण रोकिएको खोटाङको दिक्तेल नगरपालिकाको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम ओझेलमा परेको छ । प्रमुख अतिथि बनाउने विषयमा कुरा नमिलेपछि स्थगित भएको नगरपालिकाको खुल्ला दिशामुक्त घोषणा कार्यक्रम ओझेलमा परेको हो ।
कांग्रेसका समानुपातिक सांसद सरस्वती बजिमयलाई प्रमुख अतिथि बनाएर खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी भइरहेकोबेला एमालेले आफ्नो प्रत्यक्ष निर्वाचित सांसदलाई प्रमुख अतिथि बनाउनुपर्ने अडान लिएपछि नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गर्ने कार्यक्रम अन्तिम समयमा आएर रोक्नु परेको नगर विकास समितिका अध्यक्ष भोजकुमार बस्नेतले बताउनुभयो ।
प्रमुख अतिथि ‘कसलाई बनाउने’ भन्ने विषयमा विवाद भएपछि अन्तिम समयमा रोकिएको खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमका विषयमा अहिले चर्चा समेत हुन छाडेको छ । यस विषयमा चासो समेत दिन छाडिएको स्थानीय बासिन्दाको गुनासो छ । नगरपालिकालाई खुल्ला दिशामुक्त घोषणा गरेपछि मात्र जिल्ला घोषणाकालागि बाटो खुल्ने छ ।
एक नगरपालिका र ७२ गाविस रहेको जिल्लामा नगरपालिका बाहेक अन्य सबै गाविस खुला दिसामुक्त भइसकेका छन् । जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्नुअघि नगरपालिकालाई गएको असार १८ गते खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी गरिएको थियो ।
मञ्च व्यवस्थापन, गेट निर्माण, जातीय झाँकी प्रदर्शन लगायतका कार्यक्रम लगायतका तयारी पूरा भइसकेको नगरपालिका खुल्ला दिशामुक्त घोषणा कार्यक्रम अतिथिका बिषयलाई लिएर अन्तिम समयमा स्थगित गरिएको नगरपालिकाका कार्यकारी अधिकृत नारायण ढकालले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण