गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, समचार, स्वास्थ्यअबैधानिक रूपमा काम गरिरहेका श्रमिक हरुलाइ डिसेम्बर ३१ भित्र देश छोड्न मलेसिया सरकार को आदेश ।

अबैधानिक रूपमा काम गरिरहेका श्रमिक हरुलाइ डिसेम्बर ३१ भित्र देश छोड्न मलेसिया सरकार को आदेश ।

December 16, 2015६०३ पटक

12388148_557866777710714_579460355_nसुसान आचार्य /१ पुस मलेसिया
बैधानिक रूपमा रोजगारी तथा अन्य छेत्रमा कार्यरत रहने गरि मलेसिया आय पनि विभिन्न कारण बस अबैधानिक बन्न पुगि मलेसियामा बसोबास गर्दै आयका आप्रवासी कामदारलाई गत बर्ष हरुमा जस्तै यो बर्ष पनि मलेसिया सरकारले डिसेम्बर महिनाको ३१ तारीख सम्म देश छोड्न अल्टिमेटम दिएको छ ।

मलेसिया सरकारको यस्तो अल्टिमेटम पछी मलेसिया स्थित नेपाली दूतावासले सार्वजनिक सूचना जारी गर्दै यहीँ डिसेम्बर ३१ तारिख सम्म मलेसियामा अबैधानिक बनी बसोबास गर्दै आयका नेपाली नागरिक हरुलाइ मलेसिया छोडेर नेपाल जान अाग्रह गरेको छ ।
दूतावासले साथमा पर्मिट भिजा र पासपोर्ट नहुने हरुलाइ तत्काल घर फर्कनको लागि नागरिकता र पासपोर्टको फोटोकपी सहित दुई वटा पासपोर्ट साइजको फोटो लिएर दूतावासमा आउन आग्रह गरेको छ ।
मलेसियामा प्रतेक बर्ष अबैधानिक रूपमा बसोबास गर्दै आयका नेपाली नागरिक लाई स्वदेश फर्कन मलेसिया सरकार ले बाटो खुल्ला गरे पनि हाल सम्म मलेसियामा झन्डै एक लाख भन्दा बढी नेपाली नागरिक अबैधानिक रूपमा बसोबास गर्दै आयको नेपाली दूतावास मलेसिया ले जनायको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण