उपराष्ट्रपतिद्वारा पूर्णसाक्षर जिल्ला घोषणा
पुस ,९ रोल्पा उपराष्ट्रपति नन्दबहादुर पुनले सम्बृद्ध नेपाल निर्माणका लागि राष्ट्रियरुपमा सरसफाइ अभियान चलिरहेकाले यसलाई सफल पार्ने सबै लाग्नुपर्ने बताउनुभएको छ ।रोल्पा जिल्लालाई बिहिबार २८ औं खुल्ला दिशामुक्त क्षेत्र र २१ औं पूर्णसाक्षर जिल्ला घोषणा गरिएको कार्यक्रमलाई सम्बोधन गदै उहाँले सन्२०१७ सम्म सबै नागरिकको घरमा आधारभूत खानेपानी तथा सरसफाइ सेवा पुर्याउने सरकारको लक्ष्य अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो ।सबै जनताले शिक्षा पाउनुपर्ने उनीहरूको नैसर्गिक अधिकार भएको भन्दै उहाँले शिक्षा व्यावहारिक र वैज्ञानिक हुनुपर्ने बताउनुभयो ।जिल्लाभरका कुल जनसङ्ख्या दुई लाख २४ हजार रहेकामा ९७ दशमलव २४ प्रतिशत नागरिक पूर्ण साक्षर भएकाले बिहिबार नै २१ औं पूर्ण साक्षर जिल्ला घोषणा गरिएको हो ।