गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यदार्चुलामा हिमपात, जनजीवन प्रभावित बन्दै

दार्चुलामा हिमपात, जनजीवन प्रभावित बन्दै

December 25, 2015३६१ पटक

baitadi-Map १० पुस, बैतडी – अत्यधिक चिसो बढेसँगै दार्चुलामा हिमपात भएको छ । हिमपातसँगै बढेको चिसोले उच्च पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

हिमपातका कारण राप्ला, घुसा, खण्डेश्वरी, छिङरु, व्यास, टिङ्करलगायतका बासिन्दा बढी प्रभावित भएका खण्डेश्वरीका प्रताप ठगुन्नाले बताए । उनले भने–’हिमपातसँगै बढेको हावाले झन चिसो बढेको छ ।’

एक हप्तादेखि अलिअलि परिरहेको थियो बिहीबार बढी हिमपातका कारण बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।

चिसोबाटै बच्नका लागि उच्च हिमाली क्षेत्रका धेरैजसो बासिन्दा एक महिनाअघि नै सदरमुकाम खलङ्गा झरिसकेका छन् । रासस

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण