गृहपृष्ठ » पत्रपत्रीका, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यप्याराग्लाइडिङलाई पोखराबाट विस्थापन गर्ने तयारी हुदै

प्याराग्लाइडिङलाई पोखराबाट विस्थापन गर्ने तयारी हुदै

December 25, 2015३६५ पटक

१० पुस, काठमाडौं – सरकारले पोखराबाट प्याराग्लाइडिङ विस्थापनको तयारी सुरु गरेको छ । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएपछि प्याराग्लाइडिङ विस्थापनको तयारी सरकारले गरेको हो । पोखरा साहसिक पर्यटकीय प्रडक्ट प्याराग्लाइडिङको केन्द्र हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको प्याराग्लाइडिङ स्कुल स्थापनासम्बन्धी कार्यविधिअनुसार पोखरामा प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न नपाइने नयाँ पत्रिकामा खबर छ ।

पोखराबाहेकका स्थानमा मात्रै प्याराग्लाइडिङ प्रशिक्षण स्कुल खोल्न पाउनेगरी कार्यविधि बनाइएको मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण