गृहपृष्ठ » मुख्य समाचार, राजनीति, समचारओली सरकार मुलुकका लागि भार बन्यो, अब ढाल्नुपर्छः किराती

ओली सरकार मुलुकका लागि भार बन्यो, अब ढाल्नुपर्छः किराती

December 25, 2015२९५ पटक

१० पुस, काठमाडौं – सत्तारुढ एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार मुलुकका लागि भार बनेको बताएका छन् ।

gopal-kiratiउनले एक सय दिन पुगे पछि सरकार ढाल्ने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा नेता किरातीले भने-‘एक सय दिन पुगेपछि यो सरकार ढल्छ, नढले पनि ढाल्नुपर्छ । यो मुलुकको लागि बोझ भइसकेको छ ।’

पार्टी केन्द्रीय समितिको बैठकमै आफूले सरकारबाट फिर्ता हुनु पर्ने प्रस्ताव राखेको भन्दै उनले त्यतीबेला नै अध्यक्ष प्रचण्डले कम्तिमा एक सय दिन पर्खिनुस् भनेर भनेको स्मरण गरे ।

कालाबजारी, महंगी, अभाव बढिरहेको, थारुवान र मधेस जलिरहेको बेला सरकार विस्तार गर्नु राष्ट्रिय बेइज्जती भएको उनको तर्क छ । उनले भने-म यसको विरोध गर्छु, सबैले यसको विरोध गर्नुपर्छ ।’

उनले अघि भने-‘प्रधानमन्त्री केपी शर्मा ओली पनि पहिला आकासको तारो झार्छु भन्थे तर, सकेनन ।’

मधेसीले राखेको बहुराष्ट्रिय राज्यको मागप्रति समर्थन जनाउँदै किरातीले त्यो नगरे मधेस विभाजन हुने चेतावनी दिए ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण