गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यट्राफिक प्रहरीद्वारा ट्राफिक नियममा कडाई

ट्राफिक प्रहरीद्वारा ट्राफिक नियममा कडाई

December 28, 2015३१० पटक

काठमाडौं, पुस १३ – ट्राफिक प्रहरीले छतमा यात्रु चढाउने तथा मोटरसाइकलमा तीन जना बोक्ने चालकलाई कारवाही गर्न थालेको छ । भारतको नाकाबन्दीका कारण इन्धन अभावमा कम गाडी चलेको भन्दै ट्राफिक प्रहरीले गएको असोजदेखि नै छतमा यात्रु चढाउन छुट दिएको थियो ।
यस्तै मोटरसाइकलमा पनि ३ जनासम्म चढेर यात्रा गर्ने गरेका थिए । तर अहिले ७० देखि ७५ प्रतिशतसम्म गाडी चलेको भन्दै ट्राफिक प्रहरीले नियममा कडाई गरेको हो । ट्राफिक प्रहरीले नियम विपरित छतमा यात्रु राख्ने र मोटरसाइकलमा ३ जना बोक्ने चालकलाई जरिवाना गर्न थालेको छ ।
प्रहरीले क्षमताभन्दा बढी यात्रु नबोक्न पनि चालकहरुलाई आग्रह गरेको छ । काठमाडौं उपत्यकामा अन्य समयमा मोटरसाइकलसमेत गरेर दैनिक साढे आठ लाख सवारी साधान चल्ने गरेका थिए । अहिले नाकाबन्दीका करण इन्धन अभाव हुँदा पनि उपत्यकामा दैनिक ६ लाखसम्म गाडी चल्ने गरेका छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण