रक्सी खाएर आगो ताप्दा जलेर ज्यान गयो
गुल्मी, पुस १७ – रक्सी खाएर आगो ताप्ने क्रममा जलेर बिहीबार बेलुकी गुल्मीको शान्तिपुरमा एक जनाको ज्यान गएको छ । विशुखर्क गाविस १ बजेनी निवासी ३६ वर्षीय झकबहादुर सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।
शान्तिपुर बसपार्कमा ज्याला मजदुरी गरेर चार जनाको परिवार पाल्दै आएका सार्कीले घरमै बसेर रक्सी खाएको र आगो ताप्दै गर्दा जलेर ज्यान गएको ईलाका प्रहरी कार्यालय चन्द्रकोटले जनाएको छ ।
आगोले झकबहादुरको शरीर चिन्नै नसक्ने गरि पुरै जलेको छ । आगलागी कसरी भयो भन्ने बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।