बाग्लुङको एक सहकारीमा बम फेला
बाग्लुङ, माघ ४ – बाग्लुङको एक सहकारी संस्थाको गेट अगाडि प्रेसर कुकर बम फेला परेको छ । बाग्लुङ नगरपालिका–२ च्याम्बर रोडमा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको गेट अगाडि बम फेला परेको प्रहरीले जनाएको छ ।
नचिनेका मानिसको समूहले राखेको बम किन राखिएको हो भन्ने थाहा नभएको प्रहरीले जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव निरीक्षक धनबहादुर थापाले जानकारी दिनुभयो । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निस्क्रिय पारेको छ ।