टेलिकमले सार्वजनिक गर्यो सामाजिक सञ्जाल मिट
काठमाडौं, माघ ४ – नेपाल टेलिकमले नयाँ सामाजिक सञ्जालको रुपमा मिट संचालनमा ल्याएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले यो सेवाको शुभारम्भ गर्नुभयो ।
मिटको सहयोगले टेक्स्ट, फोटो, अडियो तथा भिडियोलाई एक अर्कामा सेयर गर्न सकिनेछ । त्यसैगरी कम्पनीका विभिन्न सेवाका बारेमा ग्राहकसँग आवश्यक अन्तरक्रिया समेत गर्न सकिने नेपाल टेलिकमले जनाएको छ । कम्पनीले यसलाई www.meet.net.npडोमेन नेमको रुपमा दर्ता गरेको छ भने यसको ब्रान्ड नेम मिट रहनेछ । नेपाल टेलिकमले आफ्ना विभिन्न किसिमका सेवाहरुलाई एउटै सिस्टममा आबद्ध गराउने उद्देश्य अनुरुप यो सेवा ल्याएको स्पष्ट पारेको छ ।
टेलिकमका मोबाइल तथा इन्टरनेट भएका कम्प्युटरमार्फत www.meet.net.np मा आफ्ना निश्चित विवरण भरेर रजिस्टर गर्दै यो सेवा उपभोग गर्न सकिन्छ ।
नेपाल टेलिकमले यही सेवा मार्पmत ग्राहकलाई प्रतिदिन १० वटा एसएमउस निःशुल्क दिने पनि जनाएको छ । त्यसैगरी यो सेवा मार्पmत प्याकेजका रुपमा निश्चित शुल्क तिरेर एकै पटक धेरै संख्यामा एसएमएस पठाउन पनि सकिन्छ ।
यो साइटमा क्रमिक रुपमा ग्राहकका चाहना बमोजिम आगामी दिनमा अन्य सेवाहरु समेत उपलब्ध गराउदै जाने कम्पनीको लक्ष्य रहेको टेलिकमले जनाएको छ ।