गृहपृष्ठ » कृषि, पत्रपत्रीका, मुख्य समाचार, राजनीति, विशेष, समचारएक वर्षभित्र विद्युत् भार कटौती योजना सफल तुल्याउन निर्देशन

एक वर्षभित्र विद्युत् भार कटौती योजना सफल तुल्याउन निर्देशन

January 20, 2016५१४ पटक

हेटौँडा, माघ ६ गते – उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले मध्यमाञ्चल क्षेत्रीय विद्युत् प्राधिकरण, नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्र र नि11811433_894628477257912_8896036142697881744_n-430x311र्माणाधीन कुलेखानी तेस्रो आयोजनाको आज अपराह्न स्थलगत निरीक्षण गर्नुभयो ।

निरीक्षणका क्रममा सम्बोधन गर्दै उहाँले सरकारले एक वर्षभित्र विद्युत् भार कटौती मुक्त गर्ने कार्ययोजनालाई क्रियाशील तुल्याउन हाइड्रो पावर र डिजल प्लान्ट विस्तार गरी उत्पादन वृद्धि गर्ने लक्ष्य रहेकामा कर्मचारीले इमान्दारिताकासाथ उक्त योजनालाई सफल तुल्याउन निर्देशन दिनुभयो ।

मध्यमाञ्चल क्षेत्रीय विद्युत् निर्देशक दीर्घायु श्रेष्ठले मध्यमाञ्चलको तराई र पहाडी जिल्लामा नयाँ विद्युत्लाइन विस्तार र वितरण कार्य भइरहेको प्रविधिको विवरण प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण