गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यहराएका महिला खोज्न जुट्यो प्रहरी

हराएका महिला खोज्न जुट्यो प्रहरी

January 25, 2016२५७ पटक

बेनी (म्याग्दी), माघ ११ गते – पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुससम्मको नौ महिनाको अवधिमा हराएका २६ जना महिलाको खोजी कार्यका लागि म्याग्दी प्रहरी जुटेको छ । गत शनिबार राससबाट ‘म्याग्दीबाट नौ महिनाको अवधिमा २६ जना महिला सम्पर्कविहीन’ शीर्षकको समाचार प्रकाशित भएपछि म्याग्दीमा प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको हो ।Ujyaalolalteen

केही दिनअघि म्याग्दीको चिमखोलाकी २४ वर्षीया छविना तिलिजासहित चारजना युवतीलाई दलालले भारत लैजाँदै गर्दा कञ्चनपुरबाट उद्धार गरिएको थियो । भारतका विभिन्न होटल तथा त्यहाँबाट खाडी र रोजगारका लागि विभिन्न देशमा आकर्षक तलब सुविधाको प्रलोभनमा ग्रामीण क्षेत्रबाट युवती धमाधम जान थालेपछि म्याग्दी जिल्लासमेत मानव तस्करको रोजाईमा परेको प्रहरीले बताएको छ ।

खुल्ला सीमा क्षेत्रबाट तेस्रो मुलुक जाँदा सहज र सस्तो हुने भन्दै युवती र महिलालाई दलालले प्रलोभनमा पार्ने गरेको प्रहरीको अनुमान छ । “रोकाको केसलाई अनुसन्धान गरिरहेका छौँ । महिलाहरू हराएको सूचना धेरै भएकाले पनि तस्करको फन्दामा परेको हुनसक्छ” – प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले भन्नुभयो–“हराएका महिलाको खोजी कार्यका लागि प्रहरीले अभियान चलाएको छ ।”

प्रनाउ खड्काले वैदेशिक रोजगारप्रति आकर्षित जिल्लाका रुपमा म्याग्दीलाई चिनिने र बर्सेनि हजारौँ युवा विदेशिइरहेकाले पनि दलालहरूले गलत माध्यमको प्रयोग गरी देशबाहिर लैजान सक्ने सम्भावना भएको बताउनुभयो । रासस

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण