गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यअब अंग प्रत्यारोपण गर्नेको संख्या बढ्ने

अब अंग प्रत्यारोपण गर्नेको संख्या बढ्ने

January 25, 2016२५३ पटक

काठमाडौं, माघ ११ – अंगदान सम्बन्धी कानुन खुकुलो बनेकाले अंग प्रत्यारोपण गर्नेको संख्या बढ्ने मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले जनाएको छ । केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठका अनुसार संसदबाट पारित भएको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेलगत्तै कार्यान्वयनमा आउने छ  ।

केन्द्रले अहिले हप्तामा ४ जनाको मृगौला प्रत्यारोपण गरिरहेको छ । विद्येयक प्रमाणिकरण हुने बितिकै काम हुने गरी तयारी भइरहेको डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार स्वदेशमा नै मृगौला प्रत्यारोपण गर्दा ३ देखि ४ लाख रुपैयाँ लाग्छ ।

तर यही प्रत्यारोपण अन्य मुलुकमा गर्दा स्वदेशमा लाग्ने खर्च भन्दा दशौँ गुणा बढी लाग्ने भएकाले स्वदेशमा नै उपचार गराउन डा. श्रेष्ठको सुझाव छ ।  यस्तै केन्द्रले मृगौलासँगै अरु अंगको पनि प्रत्यारोपण गर्ने तयारी गरेको छ । तत्काल मुटुको शल्यक्रियासँगै कलेजो र फोक्सो प्रत्यारोपण गर्ने गरी तयारी भएको हो ।

यस्तै मस्तिष्क मृत्यु भएका एक जनाबाट झिकेको अङ्गले कम्तीमा आठ जना बिरामी बचाउन सकिने भएकाले मृत्य पश्चात अंग दान गर्न डाक्टर पुकारचन्द्र श्रेष्ठको आग्रह छ । हरेक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने र उनीहरुको मिर्गौलाबाट दुई हजार जना बिरामी बचाउन सकिने डा. श्रेष्ठले बताउनुभयो । 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण