गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यदगातुन्डाडाको वेतनीमा आगलागी हुँदा तिन परिवारको घरगोठ जलेर नष्ट, झण्डै ११ लाखको क्षति।।

दगातुन्डाडाको वेतनीमा आगलागी हुँदा तिन परिवारको घरगोठ जलेर नष्ट, झण्डै ११ लाखको क्षति।।

January 25, 2016२६२ पटक

कमल पैडेल बाग्लुङ्ग खर्वाङ्ग माघ ११- दगातुन्डाडा वार्ड नं. २ वेतनीमा गएराती ९ वजे आगलागी हुँदा तिन परिवारको घरगोठ जलेर नष्ट भएको छ । बागलुङ जिल्लाको पश्चिम दगातुन्डाडाको दुर्गम गाउँ वेतनीमा भएको आगलागीमा प्रेम वहादुर कुँवर, शेर वहादुर कुँवर र तिमा कुँवर भुजेलको घर गोठ जलेर पूर्ण रुपमा नष्ट भएको हो। सो आगलागीवाट झण्डै ११ लाख वरावर क्षति भएको र प्रेम वहादुर कुँवरको १० वर्षिय छोराले टुकि वाली पढिरहेको समयमा निदायपछि आगलागी भएको प्रहरी चौकी खर्वाङका प्रमुख एवं प्रहरी नायव निरिक्षक खिम वहादुर खत्रिले जानकारी दिनुभएको छ। आगलागीमा मानविय क्षति नभएको तर २ वटा वाख्रा परेको प्रहरीले जनाएको छ । घरगोठ जलेर नष्ट भएपछि प्रेम वहादुर र शेर वहादुर को ५÷५ जनाको परिवार तथा तिलाको ४ जनाको परिवार छिमेकिकोमा आश्रय लिएको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण