गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारदगातुन्डाडाको जिमिमा ट्याक्टर दुर्घटनामा धाइते भएका मध्ये २ जना अस्पताल वाट डिस्चार्ज

दगातुन्डाडाको जिमिमा ट्याक्टर दुर्घटनामा धाइते भएका मध्ये २ जना अस्पताल वाट डिस्चार्ज

January 25, 2016१८२ पटक

कमल पैडेल बाग्लुङ्ग खर्वाङ्ग माघ ११ – दगातुन्डाडाको वार्ड नं. ८ जिमिमा सनिवार ट्याक्टर दुर्घटना हुँदा घाइते भएका ३ जना मध्य दुईजनाको उपचार पछि पाल्पा मिसन अस्पतालले डिस्चार्ज गरेको छ ।  ध १ त २१५ नं. को ट्याक्टर दुर्घटनामा परि शिसाखानी ७ स्थायी ठेगाना भई हाल दगातुन्डाडा ८ राक्सेमा वस्ने ५५ वर्षिय ओम वहादुर भुजेल, रिघा ८ स्थायी ठेगाना भई खर्वाङ वस्दै आएका खड्क वहादुर सिंजाली, र गुल्मी मुसिकोट ७ का ३७ वर्षिय रमेश नेपाली घाइते भएका थिय । 

घाइतेहरुको खर्वाङमा प्राथमिक उपचार पछि पाल्पा मिसन अस्पतालमा पठाइएकोमा सिंजाली र नेपालीको उपचार पछि घर पर्काइएको तथा भुजेलको उपचार भैरहेको अस्पतात श्रोतले वताएको छ। त्यस्तै घाइतेहरुको आर्थिक अवस्था कमजोर रहेको भन्दै स्थानिय खर्वाङ वजार आसपासमा सहयोग अभियान समेत संचालन गरिएको छ । स्थानिय विष्णु केसि, विष्णु अर्याल, लक्ष्मण वराल, टंक भुजेल लगाएतलको सक्रियतामा सहयोग संकलन अभियान संचालन गरेको वताइएको छ । सोमवार सम्म घाइतेको उपचार सहयोगको लागी ५१ हजार भन्दा वढि रकम संकलन भएको र संकलित रकम अस्पतालमा पठाइसकिएको विष्णु केसिले जानकारी दिनुभएको छ। अभियानमा दगातुन्डाडा गाविसको तर्फवाट ३ हजार, नव प्रतिभा वचत तथा ऋण सहकारीले ३ हजार, मिलन व्यावसायीक कृषि सहकारीले २ हजार, नेपाल रेडक्रस सोसाइटि उपशाखा ले १५ सय, नारायण धितालद्धारा निशुल्क प्राथमिक उपचार, होसियार सिंह थापाले १ हजार, लोकमणि अर्यालले १ हजार लगाएत खर्वाङ वासी तथा आसपास का क्षेत्रका महानुभावले सहयोग गरेको अभियानका विष्णु अर्यालले जानकारी दिनुभएको छ।

 

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण