गृहपृष्ठ » शिक्षा, समचार, स्वास्थ्यनिरक्षरको संख्या चार हजार पुग्याे

निरक्षरको संख्या चार हजार पुग्याे

January 26, 2016२३८ पटक

पर्वत, १२ माघ- जिल्लामा निरक्षरको संख्या जम्मा चार हजार मात्रै रहेको छ । जिल्ला शिक्षा कार्यालय पर्वतले संकलन गरेको तथ्यांकमा १५ देखि ६० वर्ष उमेर समुहका जम्मा चार हजार १ सय ६४ जना मात्रै निरक्षर रहेको पाइएको छ । जिल्लाको कुल जनसंख्या झण्डै डेढ लाख रहेकोमा विद्यालय उमेरदेखि ६० वर्ष भित्रको निरक्षर जनसंख्या न्यून देखिएको हो । जसमध्ये कुश्मा नगरपालिकामा मात्रै झण्डै २८ प्रतिशत निरक्षर रहेका छन् । नगरपालिकामा मात्रै १ हजार १ सय ३३ जना निरक्षर रहेका हुन् । पर्वत जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भैरहेको बेला निरक्षरहरुलाई साक्षर बनाउन विभिन्न कार्यक्रम संचालन गरिने भएको छ । पर्वतलाई चालु आर्थिक वर्षभित्रमै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भएको जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए । अहिलेसम्म पर्वतका १३ वटा गाविस पुर्ण साक्षर घोषणा भएका छन् भने २७ वटा गाविस निशुल्क तथा अनिवार्य शिक्षा सहितको गाविस घोषणा भैसकेका छन् । जिल्लाका ४७ गाविस र एक नगरपालिका मध्ये बाँकी गाविसलाई पनि चालु आर्थिक वर्षमा पुर्ण साक्षरयुक्त बनाएर सिंगो जिल्लालाई नै पुर्ण साक्षर जिल्ला घोषणा गर्ने तयारी भैसकेको जिल्ला शिक्षा कार्यालय पर्वतले जनाएको छ । प्लान नेपालको सहयोगमा पर्वतमा संचालित कार्यक्रमको बार्षिक प्रगति समिक्षा कार्यक्रमका अवसरमा उक्त जानकारी दिइएको हो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जिल्लाको शैक्षिक अवस्था र प्लान नेपालको सहयोगमा भएका कार्यक्रका प्रभावकारी भएको बताए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण