गृहपृष्ठ » मनोरञ्जन, मुख्य समाचारयुवा देशमै बसौ विदेश नपसौं

युवा देशमै बसौ विदेश नपसौं

January 27, 2016४०५ पटक

घनश्याम गौतम,काठमाण्डाै । दिनभरीको कामले थकित हुँदै बेलुका आफ्नो दैनिकी र घर परिवारलाई सम्झदा हरेक साँझ दिपकको आँखा रसाउँछ । उनि सोच्छन् काहाँ देशको माया, कहाँ आफ्नो परिवार अनि कहाँ त्यी खोला नाला, आखिर बिदेशमा आएपनि काम नगरीहुदैन रहेछ । यसरि दुख आफ्नै देशमा गरे त किन अर्काको देशमा पिडाको बिचबाट आखांभरी आशु लिएर पसिना बगाउनु पदर्थ्यो ।

जब दिपकलाई पिडा हुन्छ उनि सँधै बिदेश भन्दा आफ्नै देश गाँउघर सम्झन्थे । उनले आफ्नो दुख र पिडालाई युवा विदेश नआउ देशमै केहि गर्रौ भन्ने सन्देश दिने खालको गीत सिर्जना गरे । दिपकले अहिलेको अधिकांश युबाहरु बिदेशिएको अबस्थामा स्बदेशमा केहि गनुपर्छ भन्ने सन्देश मुलक गीत हिरा मोती सुन फल्छ बजारमा ल्याएका छन् ।aaa-640
युवा सर्जक दिपकले आफुले सम्पुर्ण नेपालीहरुले भोग्नु परेको दुख र पिडा देखर साथै भोगेर विदेशमा भन्दा स्वदेशमै केहि गर्नु पर्छ भन्ने भाव आएर सो गीत सिर्जना गरेको बताउछन ।

आफुले सानै देखी गीत संगीतलाई माया गर्ने भए पनि गीत नै बनाउन सक्छु जस्तो नलागको भए पनि भोगे र साथै साथी भाईको देखेर गीत सिर्जना गर्न उत्साह जागेको बताए ।
कुलेन्द्र विश्वकर्मा र कृष्ण परियारले आवाज दिएको विदेश नजाउ स्वदेशमै केहि गरौ भन्ने भाव व्यक्त गर्ने सो गीतमा शव्द दिपक कँडेलले लेखेका हुन भने लय सञ्चारकर्मी कृष्ण आचार्यले बनाएका हुन भने सो गीतको बजार व्यवस्थापन जनता डिजिटलले गरेको छ ।
विदेशीने मनसाय बनाएका युवाहरु विचमा सकरात्मक प्रभाव पार्ने साथै यस्ता गीतहरुमा काम गर्न पाउदाँ आफुलाई पनि खुसी लागेको जनता डिजिटलका सञ्चालक केशव सापकोटाले बताए। सिर्जन बरालले निर्देशन गरेको सो गीतको म्युजिक भिडियोमा सुवास कँडेल,कृष्ण आचार्य,निरुता सिँह ठकुरी, स्मारीका कँडेलले अभिनय देख्न पाईन्छ ।

गीत हिरा मोती को पुरा भिडियो हेर्नुहोस् ।  

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण