गृहपृष्ठ » मुख्य समाचार, विशेष, समचारदेशभर विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै

देशभर विभिन्न कार्यक्रम गरी आज शहीद दिवस मनाइँदै

January 30, 2016१८७ पटक

१६ माघ काठमाडौं । आज शहीद दिवस । देशभर विभिन्न कार्यक्रम गरी देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झनाका साथ सम्मान अर्पण गरिँदै छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा विभिन्न गैरसरकारी सड्घसंस्थाको पहलमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ ।

विसं १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।
यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।
सहिद दिवशको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक विदा दिने गरेको छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण