माघ २५ गते शिसाखानीमा खुल्ला सभा हुने
कमल पौडेल १६ माघ २०७२÷बागलुङ (खर्वाङ) – ने.क.पा एमाले शिसाखानीको आयोजनामा शिसाखानीमा यहि माघ २५ गते खुल्ला सभा हुने भएको छ। गाउँ कमिटिको आज वसेको वैठकले नेकपा एमाले वैकल्पिक केन्द्रिय सदस्य मना केसि, समानुपातिक सांसद नर वहादुर पुन, जिल्ला अध्यक्ष श्रीप्रसाद शर्मा लगाएतले सम्बोधन गर्ने गरि आम सभ ागर्ने निर्णय गरेको हो। शहिद दिवसको अवसर पारेर गरिएको वैठकमा नेकपा एमाले जिल्ला सल्लाहकार परिषद् सदस्य खड्क पुन, पूर्व शिसाखानी गाविस अध्यक्ष पतिराम भुजेल, पूर्व उपाध्यक्ष डिल वहादुर थापा, अखिल नेपाल महिला संघ क्षेत्रिय सदस्य पार्वती काउचा, उत्पिडित जातिय मुक्ति समाजका नन्दु सुनार लगाएतले धारणा राख्नु भएको थियो । वैठक गाउँ कमिटि अध्यक्ष चुरा वहादुर पुनको अध्यक्षता, नेपाल राष्ट्रिय शिक्षक संगठनका होम वहादुर घर्तिको स्वागत मन्तव्य तथा युवा संघ शिसाखानीका सचिव समिर पुनको संचालनमा सम्पन्न भएको थियो ।
अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा मा भोली देखि शेयर सदस्य तथा कृषकहरुको लागी सुरु हुने कृषि तथा अभिमुखिकरण तालिम को तयारी पुरा भएको छ। तालिम रिघा गाविस भवनमा चल्ने र सो तालिम २ दिन सम्म चल्ने कार्यक्रम संयोजक डम्वर श्रीसले जानकारी दिनु भएको छ। तालिममा वरिष्ठ कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, तथा कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहुले सहजीकरण गर्ने आयोजकले जनाएको छ। तालिममा सहभागि वन्न शेयर सदस्य तथा कृषकहरुलाई आयोजकले अनुरोध गरेको छ।