गृहपृष्ठ » देवदह विशेष, मुख्य समाचार, विशेष, समचार, स्वास्थ्यमलेसियामा फेरि एक नेपालीको मृत्य

मलेसियामा फेरि एक नेपालीको मृत्य

February 1, 2016४२५ पटक

वैशाखमा घर अाउँछु भनेका कुवँर मलेसियामै निदाए
काठमाडौं, १८ माघ । ‘वैशाखमा घर आउँछु, नानीलाई राम्ररी पढाउनु’ अहिले फोन राखें है भनेको एक दिन नबित्दै छोराको मृत्युको खबरले बरबोटे-६ को कुवँर परिवार शोकमा डुबेको छ ।चार वर्षअघि मलेसिया पुगेका इलाम बरबोटे–६ का ३१ वर्षीय जगत कुवँरको सुतेकै अवस्थामा शनिबार दिउँसो ज्यान गएको हो ।मलेसियास्थित जेसीवाई कम्पनीमा कार्यरत कुवँरको रातको ड्युटी सकेर सुतिरहेका अवस्थामा ज्यान गएको उनका भाई ठाकुर कुवँरले जानकारी दिए ।आगामी वैशाखमा घर फर्कने गरी टिकटसमेत बुकिङ गरिसकेका अवस्थामा दाजुको मृत्युको खबरले परिवारमा शोकमग्न बनेको ठाकुरले बताए । जगतका श्रीमती सात वर्षीया एक छोरी छन् ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण