आगोमा जलेर प्रहरी हबल्दारको मृत्यु
१८ माघ, विराटनगर –आगोमा जलेर मोरङको सिजुवामा एक प्रहरी हवल्दारको सोमबार विहान मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय प्रहरी हवल्दार रामचन्द्र ताजपुरिया छन् ।
उनी इलामको जौबारी प्रहरी चौकीमा कार्यरत थिए । सिजुवा १ स्थित घरमा सुतिरहेको अवस्थामा गएराति ११ बजेतिर उनको घरमा आगो लागेको थियो । उनले राति चुरोटको ठुटोलाई ननिभाई सुतेकाले आगो सल्किएको प्रहरीको अनुमान छ । आगोमा जलेर गम्भीर घाइते भएका हवल्दार ताजपुरियाको उपचारका क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोमबार बिहान पौने ६ बजे तिर मृत्यु भएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।