गृहपृष्ठ » मुख्य समाचार, समचार, सूचना प्रविधी, स्वास्थ्यlरघामा कृषकहरुको लागी तालिम सम्पन्न ।।

lरघामा कृषकहरुको लागी तालिम सम्पन्न ।।

February 1, 2016४०२ पटक

अनिष पाठक माघ १८ खर्वाङ्ग – Anish Pathakअभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आइतवार देखि शेयर सदस्य तथा कृषकहरुको लागी शुरु भएको कृषि तथा अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ। तालिमको समापन कार्यक्रम तथा अन्तक्र्रिया रिघा गाविसको प्राङ्गणमा सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, जिल्ला पशुविकास कार्यालय बागलुङका डा. सुवास चौधरी, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु, सु आहारा कार्यक्रमका फिल्ड संयोजक विश्वनाथ आचार्य, रिघा गाविसका सचिव एवं अध्यक्ष कर्म प्रसाद गौतम, नेपाली काग्रेसका संकर प्रसाद पुन, ने.क.पा. एमालेका धिरेन राजवंशि, कृषक अगुवा शेर वहादुर श्रीस, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तक्र्रियामा कृषकहरुले आफुलाई परेका समस्या र समाधानको विषयमा सवाल जवाफ गरेका थिए ।
सहकारीमा आवद्ध दुई सय भन्दा वढि कृषकहरु सहभागि भएको कार्यक्रममा मौसमी तरकारीहरुको विउपल पनि वितरण गरिएको थियो । तालिमले कृषकहरुलाई व्यावसायीकतामा लाग्न उत्प्रेरित गरेको भन्दै सहकारीले अव रिघामा व्यावसायीक कृषि फर्महरु संचालन हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सहकारीका अध्यक्ष देव विकको अध्यक्षता, प्रवन्धक सोनाम घर्ति को स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण