गृहपृष्ठ » मुख्य समाचार, समचार, साहित्यरिघामा धार्मिक पर्यटनको लागि बौद्ध स्तुपा निर्माण , डेढ करोडको लगनीमा पूर्वधार बन्ने !

रिघामा धार्मिक पर्यटनको लागि बौद्ध स्तुपा निर्माण , डेढ करोडको लगनीमा पूर्वधार बन्ने !

February 1, 2016३५८ पटक

माघ १८बागलुङ – जिल्ल्ाको रिघामा धार्मिक पर्यटनको लागि बौद्ध स्तुपा निर्माण गरिएको छ ।बौद्ध धर्मका अनुयायी शेरबहादुर घर्तिको सक्रियतामा रिघा २ मा स्तुपा निर्माण गरिएको हो । उदय बौद्ध बिहार तथा पर्यटकीय रिघा समिति गठन गरि धार्मिक पर्यटनको लागि पुर्वाधार निर्माण सुरु गरिएको हो । पर्यटनको प्रचुर सम्भाबना बोकेको रिघामा धार्मिक पर्यटनको विकास गर्ने उदेश्यले स्तुपा निर्माण गरिएको र स्वदेश तथा विदेशबाट समेट सहयोग आउन थालेको समितिका संयोजक शेरबहादुर घर्तिले बताउनुभयो ।
हाल सम्म पर्यटन मन्त्रालयबाट ४ लाख , जिल्ला विकास समिति बागलुङको १ लाख ५०हजार , यमबहादुर श्रीसको १ लाख र रिघा गाबिसबाट ३२ हजार सहयोग प्राप्त भयको छ । अहिले सम्म ८ लाखको लागतमा जग्गा ब्यबस्थापन ,स्तुपा र शौचालय निर्माण गरिएको छ । १५ रोपनी सार्वजनिक जग्गामा स्तुपा ,बिहार ,धम्महल , आवाशगृह ,पोखरी लगाएतका पुर्वाधार निर्माण गर्ने योजना रहेको संयोजक घर्तिले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण