गृहपृष्ठ » देवदह विशेष, मनोरञ्जन, मुख्य समाचार, समचार, साहित्य, स्वास्थ्यमलेसियामा मुनाको धमाका

मलेसियामा मुनाको धमाका

February 8, 2016१३०२ पटक

Muna Thapaअर्पण मगर”बुद्घ” /उज्यालो लालटिन क्वालालम्पुर /मलेसिया माघ २५ चिनियाँ नया बर्षको अवसरमा अायोजीत गरिएको न्यु ईयर कन्सर्ट २०१६ को पहिलो दिन हिजो मलेसियाकोजोहोरबारु स्थित न्यु योर्क होटेलमा भएको कार्यक्रममा मुना थापा मगरसंगै दर्शक पनि नाचेका थिए । पहिलेको बर्ष भन्दा पनि अहिले धेरै फरक र राम्रो भएको उपस्थित दर्सकहरुले प्रतिक्रिया दिए ।स्टेज प्रस्तुति दिन खप्पिस चर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको प्रस्तुतिले उपस्थित दर्शकलाइ छम छम नाच्न बाध्य बनाएको थियो भने लोक प्रकाश कटुवालको प्रस्तुतीले नेपालको याद दिलाएको थियो यसैगरी नायिका तथा मोडल रन्जिता गुरुङलेआफ्नो सुपरहिट फिल्म गोर्खा पल्टनको गीतमा नाचेर दर्शकलाइ उहीँ पुरानै याद लाई ताजा गराएकी थिईन, मेरि बास्सैका हास्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को ब्याङ्गात्मक प्रस्तुतिले दर्शक हरुलाइ पेट मिचिमिची हसाएको थियो ।अरु कार्यक्रम हरु क्रमशः ८ तारिख कुलुवाङ प्राइम सिटि होटेल र मुहार ट्रेडर्स होटेल मुहारमा ९ तारिक हुने कार्यक्रमका संयोजक सुबास गोर्खालीले जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण