गृहपृष्ठ » बिचार/ब्लग, विशेष“बाबा घर कैले आऊने……?”

“बाबा घर कैले आऊने……?”

February 9, 2016२७४ पटक

IMG-20160209-WA0013सायद दिनको ठिक दुई बजेको हुनु पर्छ,जता ततै बालुवै बालुवा टाढ-टाढा देखिने ति समुन्द्रका छेऊहरु अनि तातो तातो हावाको आवगमन संगै लामो सुस्केरा हाल्दै आफ्नै रुमको झ्याल बाट एकोहोरो त्यो क्षितिजलाई नियालि रहेथे । आज त असार पन्ध्र घरमा रमाईलो होला एक अनेक सोच्दै समय कटाउदै थिए । थाकेकोले होला रेस्ट गर्नु भनेर कम्पनी लाई थाहै नदि बसेको छु । रुममा.पुरानो यादहरुले अलि सताए जस्तो भो र मोबाइल निकाले अनि फोटो हरु पल्टाऊन थाले एका एक उनको यादले मन साह्रै खिन्न भो भक्कानिएर आयो। मन थाम्न सकिन अनि सुंक संुक गर्दै ओच्छ्यानमा पल्टे फेरि उठे अनि अर्को फोटोले मेरो रोदन हासोंमा परिणत भयो ।IMG-20160209-WA0009 एक छिन मुस्कुराई रहें!
तेत्तिकैमा म्यासेज आयो म्यासेज मा

“बाबा तपाई जानु भा’को क्ति पनि भा छैन फेरि यो मन किन वेचैन?तपाईले छोडेर जानु भएका याहरु नाचिंरहन्छन यि आंखा भरि! अनि आउछन सपनिमा प्रतिविम्व बनि कति कठोर छ है यो समय पनि! केहि दिनको खुसि संगै जिन्दगिनै टाढा भा जस्तो ! उदाश उदाश भौतारि रहेछु यो कोलाहल भिडमा कतै पाऊछुकि हजुरलाई भनि तर खै………
कल्पना मै सिमित हुने भो जस्तो लाग्छ हाम्रो माया अनि आंसु संगै विलिन हुने भए मनका रहर हरु,कस्तो कल्पना गरेर हजुरको हात समाए थे तर निष्ठुरि समयले एकाएक टाढा बनाई दियो तै पनि यो मन सम्हालेर बसेको छु हजुरको प्रतिक्षामा,आज जति टाढा भएनि माया त झन गाढा छ नि है काले..?अगाडिको समयमा एति धेरै एक्लो महसुस कैले भएन र घरको कामले साह्रै थाक्थे एस्को मतलव यो हैन कि म हजुरलाई सम्झना नगरु..!धेरै सम्झिने गर्थे तै पनि थाकेको ई आंखा हरु भुसुक्कै चिर निन्द्रामा पर्थे कति वेला उज्यालो हुन्थ्यो थाहै हुन्थेन फेरि पनि दिन चर्या त्यै…!
आज भोलि घरबाट पनि आमाले फोन गरेर सोध्नुहुन्छ बुहारि छोरालाई बोलान,तेस्को अनुहार नदेखेको नि निकै भई सक्यो,सानो छदां त मेरै काखमा लडिबुडि गर्थ्यो त्यो काले आजभोलि कति टाढा गा’को छ कस्तो होला काम खायो खाएन थाकेको होला सधैं घरको पिर गर्थ्यो आज त्यै कारण परदेशि भाको छ मेरो मुटुको टुक्रा फेरि फन गर्यो भने बोला है बुहारि छोरालाई अनि धेरै माया र ममता पनि छ भनि दे..?
बाबु हरु पनि ममि बाबा कैले आउछ भनेर सोधि रन्छ म के जवाफ दिनु काले…?
हजुरको यादमा कति रात सिरानि भिजाको छु संगालेर राख्या भए ताल बन्थ्यो होला..!
नानि पनि फोन गर्छ र सोध्छ!
“बाबा घर कैले आउने”
यो शब्दले त म स्तब्ध नै हुन्छु!
सुनौलो भविष्यको कल्पनामा म पनि एका एक दिन दहाडै बेचिएको थिए तर आफ्नै बाध्यता र रहरमा!आफ्नो पासपोर्ट बोकेर लागे बागडोग्रा एर्पोट तिर मेरो गन्तब्य नै थियो बागडोग्रा टु दिल्ली दिल्ली टु साउदि!
६/७ घन्टाको यात्रा पछि जव आई पुग्यो दमाम एरपोट यहाको तातो हावा अनि उदेक लाग्दो गर्मिले एकछिन त निसास्सिएर सास फेर्न गाह्रो भो,उकुस मुकुस भो सोचे मरिन्छ क्यारे एतै!
फेरि अर्को नयां सपना बोकेर आको म त भन्दै यो मन लाई सम्हालेर उनकै यादमा बांचिरहेछु त्यो सुन्दर सपनाको कल्पना गर्दै.
अनि मन मनै भन्छु नानि अबो तिमिले सोधिरहनु पर्दैन कैले घर आउने भनेर!
किनकि तिम्रो बाबा चांडै घर आउदैछ अबो……….!
“आशा मरिसकेको दियो फेरि जलाउने”
कोकिल मोक्तान
साउदि अरेविया

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण