गृहपृष्ठ » मुख्य समाचार, राजनीतिअनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै

अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै

February 11, 2016१७१ पटक

काठमाडौं, माघ २८ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २२ औं राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु हुँदैछ । भृकुटीमण्डपमा सुरु हुने सम्मेलनको प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।
सम्मेलनको मूल नारा ‘परिश्रमी र प्राज्ञिक जनशक्तिको विकास, राष्ट्रनिर्माणको आधार : सुदृढ र प्रभावकारी विद्यार्थी आन्दोलन अनेरास्ववियुको सरोकार’ भन्ने तय गरिएको छ ।
सम्मेलनमा वर्तमान महासचिव नवीना लामा र उपाध्यक्ष दीपक गौतम अध्यक्षको प्रतिस्पर्धी हुनुहुन्छ । सम्मेलनमा भागलिन देशभरबाट एक हजार पाँच सय प्रतिनिधि काठमाडौंमा आइपुगेका अनेरास्ववियुले जनाएको छ ।
अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेका अनुसार सम्मेलनको तयारी पूरा भए पनि मंगलबार नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिन पर सारिएको हो । नयाँ नेतृत्व चयन गर्दै सम्मेलन फागुन १ गते सकिने छ ।

प्रतिकृया दिनुहोस्

मुद्रा रुपान्तरण